पोखरा । गण्डकी प्रदेशका हिमाल सुनारी मगर र सन्तोष बिके पाकिस्तानको लाहोरमा हुने CAVA Men’s Volleyball Championship 2026 को लागि नेपाल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छनोट हुनुभएको छ।
नेपाल भलिबल सङ्घको पत्रअनुसार असार १९ देखि २६ गतेसम्म लाहोरमा हुने प्रतियोगिताका लागि छनोट भएका दुवै खेलाडी गण्डकी प्रदेशका हुन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षण जेठ २८ गतेदेखि काठमाडौंको राखेप कभर्डहलमा सुरु हुनेछ।
गण्डकी प्रदेश भलिबल सङ्घले दुवै खेलाडीलाई अनुशासित भएर खेली देश र प्रदेशको नाम उच्च राख्न शुभकामना दिएको छ।