Chess himalayanchessacademy

नेपाल ओलम्पियन संघको प्रेस विज्ञप्ति

२० जेष्ठ २०८३, बुधबार १६:०९

नेपाल ओलम्पियन संघ (एनओए) ले फेन्सिङकी राष्ट्रिय खेलाडी तथा दक्षिण एसियाली खेलकुद (साग) पदक विजेता अनिता कार्कीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ । उहाँले २०८३ बैशाख ३ गते सगरमाथा आरोहण गर्नुभएको थियो ।
खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउँदै साहस, आत्मविश्वास र दृढ संकल्पको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकोमा संघ उहाँ प्रति गर्व गर्दछ । उहाँको यो ऐतिहासिक उपलब्धिले सम्पूर्ण नेपाली खेलाडी तथा ओलम्पियन समुदायलाई प्रेरित गरेको छ ।
कार्कीले नेपाल ओलम्पियन संघको झण्डा सगरमाथाको शिखरसम्म पु¥याई नेपाली ओलम्पियनहरूको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ प्रदान गर्नुभएकोमा विश्व ओलम्पियन संघ (डब्लुओए) ले समेत विशेष धन्यवाद व्यक्त गरेको छ ।
नेपाल ओलम्पियन संघ उहाँलाई आगामी दिनमा अझ उच्च सफलता र उपलब्धिहरू हासिल गर्न हार्दिक शुभकामना व्यक्त गर्दछ ।

दीपक बिस्ट (ओएलवाई)
अध्यक्ष
नेपाल ओलम्पियन संघ