Chess himalayanchessacademy

नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य, कुशलको कीर्तिमानी इनिङ

२१ जेष्ठ २०८३, बिहीबार ०८:४१

एसियन गेम्स छनोटमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो।

नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी खेले। उनले आज ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको पारी खेलेका हुन्।

योसँगै उनी टी–२०आईमा लगातार दुई शतकीय पारी खेल्ने पहिलो नेपाली ब्याटर बनेका छन्।