काठमाडौँ पुस १८: त्रिभुवन आर्मी क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
प्रतिस्पर्धात्मक खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को आर्मी
२५-२०,२३-२५,१५-२५,२६-२४,१५-१२ ले विजयी भएको छ।
आर्मी भोलि हुने फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ।
आजै नेपाल पुलिस क्लबलाई ३-० को सहज सेटमा हराउँदै हेल्प उपाधि नजिक पुगेको थियो । हेल्प नेपाल २५-२१,२५-२३,२५-२२ ले विजयी भएको हो ।
