Cheese himalayancheesacademy

पुलिस एनभिए च्याम्पियनसिपको फाइनलमा

१८ पुष २०८२, शुक्रबार १६:४८

काठमाडौँ पुस १८: नेपाल पुलिस क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिला तर्फको फाइनल पुगेको छ।

त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटमा हराउँदै पुलिस क्लब च्याम्पियनसिपको उपाधि नजिक पुगेको हो।

दोस्रो सेट पुलिस बाहेक जित्नै पुलिसले टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबसँगको फाइनल भेट पक्का गरेको‌ हो। पुलिसले आर्मीलाई २५-१२,२९-३१,२५-१४-२५-१८ ले हराएको हो।

त्यसअघि एकतर्फी खेलमा एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्ड उपाधि नजिक पुगेको हो। न्यु डायमण्ड २५-१७,२५-२०,२५-७ ले सजिलै विजयी भएको छ। फाइनलसम्मको यात्रामा न्यु डायमण्डले खासै चुनौतीको सामना गर्नुपरेको छैन।

अब पुरुषतर्फ टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लब र पुलिसबीचको पहिलो सेमिफाइनल दिउँसो २ बजे सुरु हुनेछ। ४ बजे आर्मी र रुकुम पश्चिम ट्रेनिङ सेन्टरले दोस्रो सेमिफाइनल खेल्नेछन्।