Chess himalayanchessacademy

विश्वकपका लागि टर्कीको टोली घोषणा: रियल म्याड्रिडका अर्दा गुलेर मुख्य आकर्षण

२० जेष्ठ २०८३, बुधबार ०६:४३

काठमाडौँ, २१ जेठ (एजेन्सी) — आगामी जुन ११ देखि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा सुरु हुन लागेको फिफा विश्वकपका लागि टर्कीले आफ्नो २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो मोन्टेलाले घोषणा गरेको टोलीमा रियल म्याड्रिडका युवा स्टार अर्दा गुलेर समेटिएका छन्।

२१ वर्षीय गुलेरले यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई क्वार्टरफाइनलसम्म पुर्‍याउने क्रममा दुई गोल र चार असिस्ट गरेका थिए। प्रतियोगितामा युवा खेलाडीको उत्कृष्ट उपलब्धिलाई प्रदान गरिने ‘च्याम्पियन्स लिग रेभिलेसन अफ द सिजन’ अवार्ड समेत उनले जितेका थिए।

यसैगरी प्रशिक्षक मोन्टेलाको टोलीमा म्यानचेस्टर युनाइटेडका गोलकिपर अल्ताए बायिन्डर र ब्राइटनका डिफेन्डर फेर्दी काडियोग्लु पनि अटाएका छन्।

विश्वकपको समूह ‘डी’ मा रहेको टर्कीले जुन १४ मा अस्ट्रेलियाविरुद्ध खेल्दै आफ्नो अभियानको सुरुवात गर्नेछ। त्यसपछि टर्कीले जुन २० मा पाराग्वे र जुन २६ मा आयोजक संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ।

टर्कीको विश्वकप टोली:

  • गोलकिपर: अल्ताए बायिन्डर (म्यानचेस्टर युनाइटेड), मर्ट गुनोक (फेनेरबाह्चे), उगुर्कान साकिर (गालाटासारे)।

  • डिफेन्डर (रक्षक): अब्दुलकरिम बारदाक्ची (गालाटासारे), चाग्लार सोयुन्कु (फेनेरबाह्चे), एरेन एल्माली (गालाटासारे), फेर्दी काडियोग्लु (ब्राइटन), मेरिह डेमिरल (अल-अहली साउदी), मर्ट मुल्डुर (फेनेरबाह्चे), ओजान काबाक (होफेनहाइम), सामेत अकायदिन (कायकुर रिजेसपोर), जेकी सेलिक (एएस रोमा)।

  • मिडफिल्डर: हाकान चाल्हानोग्लु (इन्टर मिलान), इस्माइल युक्सेक (फेनेरबाह्चे), कान आयहान (गालाटासारे), ओर्कुन कोक्चु (बेसिक्तास), सालिह ओज्कान (बोरुसिया डर्टमन्ड)।

  • फरवार्ड (स्ट्राइकर): अर्दा गुलेर (रियल म्याड्रिड), बारिस अल्पर यिल्माज (गालाटासारे), जान उजुन (आइनट्राक्ट फ्रान्कफर्ट), डेनिज गुल (पोर्टो), इर्फान जान काहभेची (कासिम्पासा), केनान यिल्दिज (युभेन्ट्स), केरेम अक्तुरकोग्लु (फेनेरबाह्चे), ओगुज आयदिन (फेनेरबाह्चे), युनुस अक्गुन (गालाटासारे)।