काठमाडौँ पुस १७ : नेपाल पुलिस क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
कोशी प्रदेश भलिबल संघलाई ३-० को सेटमा सहजै हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिस २५-१९,२५-१७,२५-१८ ले विजयी भएको हो।
पुलिसले सेमिफाइनलमा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।
आज पहिलो खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल अन्तिम चारमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३,२५-२३,२५-१८ ले विजयी भएको थियो।
अब रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र एपिएफ क्लब तथा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लबबीच क्वाटरफाइनलमा हुनेछ।