Chess himalayanchessacademy

एन्फाको साधारण सभा झापामा हुने, एन्फा कार्यसमितिको नयाँ निर्वाचन माघ २८ का लागि प्रस्तावित!

१७ पुष २०८२, बिहीबार ०६:२०

काठमाडौँ पुस १७ : अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभा झापामा हुने भएको छ ।

बुधबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

आगामी माघ २८ गते झापामा हुने उक्त साधारण सभामार्फत एन्फा कार्यसमितिको अग्रिम निर्वाचन पनि गर्ने निर्णय पारित गरिएको छ।

‘संघको विधानको धारा ३१ को ‘त’को निर्वाचनको व्यवस्था बमोजिम साधारण सभाको एजेण्डामा समावेश गरी एन्फा कार्यसमितिको अग्रिम निर्वाचन समेत गर्ने निर्णय पारित गरियो’ एन्फाले भनेको छ ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि संघको लेखा परीक्षण गर्न सुबोध एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।