एजेन्सी –भारत महिला क्रिकेट टोलीले श्रीलंकालाई टि ट्वान्टी आई सिरिजको पाँचौँ तथा अन्तिम खेलमा पनि १५ रनले हराएको छ।
मंगलवार थिरुवनन्तपुरममा भएको खेल नतिजा सँगै भारतले सिरिज ५-० ले जितेको छ। पहिले ब्याटिङ गरेको भारतले कप्तान हरमनप्रीत कौरको अर्धशतकसँगै २० ओभरमा ७ विकेट गुमालर १ सय ७५ रन बनायो।
हरमनले ४३ बलमा ९ चौका र १ छक्काका साथ ६८ रनको महत्वपूर्ण इनिङ खेलिन्। अरुणदती रेड्डीले नटआउट २७ र अमरजोत कौेरले २१ रन जोडिन् ।
श्रीलंकाकी कभिसा दिलहारी, रस्मिका सिवान्डी र चामरी आटापटुले समान २ विकेट लिए।
१ सय ७६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ७ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो। इमेशा दुलानी र हसिनी परेराले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

भारतका सबै ६ बलरले समान १ विकेट लिए। दीप्ति शर्माले विकेट लिँदै महिला टि ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान बनाइन्। उनको विकेट संख्या १ सय ५२ पुगेको छ।
हरमनप्रीत प्लेयर अफ दि म्याच बनिन् । ३ अर्धशतक बनाएकी सेफाली वर्मा प्लेयर अफ दि सिरिज घोषित भइन् ।