Chess himalayanchessacademy

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी अनावरण

२७ बैशाख २०८३, आईतवार १६:०८

काठमाडौं बैशाख २७: नेपाल भलिबल संघले अर्को महिना काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिप २०८३ को ट्रफी सार्वजनिक गरेको छ।

भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गरे। यो ट्रफीको लागि आयोजक सेन्ट्रल एसियाका आयोजक न पाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बङ्गलादेश, मालदिभ्स र कजाकिस्तानगरी कुल ८ राष्ट्रले दाबेदारी प्रस्तुत गर्नेछन्।

प्रतियोगिता जेठ ८ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ। यो प्रतियोगिता एफआइभीबी वल्ड र्‍याङ्किङ भएकोले सहभागी सबै राष्ट्रको लागि निकै महत्वपूर्ण रहनेछ।

प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारबाट १ करोड र काठमाडौं महानगरपालिकाबाट ३० लाख प्राप्त भएको जानकारी संघले दिएको छ।