Chess himalayanchessacademy

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा टेन के रन हुने

२४ बैशाख २०८३, बिहीबार १७:५१

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी जेठ १ गते पुरुष १० किमी एनवाईएफएन रन हुने भएको छ ।
संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा युवा संघले खेल आयोजना गर्न लागेको हो। दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु हुने प्रतियोगिता तीनकुने फन्को मार्दै पुनः रंगशालामा पुगेर टुंगिनेछ।
आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङलेले प्रतियोगितामा पाँच सय देखि हजार जनाको सहभागिता रहने विहिवार आयोजित पत्रकार सम्मेलनमा बताए। जसमा खुल्ला प्रतियोगिता भएकोले राष्ट्रिय स्तरको खेलाडीदेखि राष्ट्रिय युवा संघका सदस्यहरु सहभागी हुनेछन् ।
प्रतियोगितामा शीर्ष ५ स्थानमा रहने खेलाडीको लागि पुरस्कारको ब्यवस्था गरिएको छ। जसमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार र पाँचौं स्थान हात पार्नेले १० हजार प्राप्त गर्नेछन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गुरुङले अर्को वर्षदेखि महिला खेलाडीको इभेन्ट्स पनि समावेश गरिने बताए।