Chess himalayanchessacademy

संखुवासभाको बाह्रबिसेमा “सभा पोखरी कप–२०८३” आयोजना हुने

२३ बैशाख २०८३, बुधबार १५:३०

संखुवासभाको बाह्रबिसेमा “सभा पोखरी कप–२०८३” आयोजना हुने भएको छ।

वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुने खुल्ला आमन्त्रित अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

पुरुषतर्फ विजेताले रु. ५,५५,५५५ तथा महिलातर्फ विजेताले रु. २,२२,२२२ प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ।