काठमाडौं : नेपाल पुलिस क्लबका कप्तान तथा राष्ट्रिय पुरुष क्रिकेट टोलीका सदस्य आरिफ शेखलाई नेपाल प्रहरीले विशेष बढुवा प्रदान गरेको छ । बुधबार आरिफलाई जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा विशेष बढुवा गर्दै दर्ज्यानी चिह्न सुशोभन कार्यक्रम सम्पन्न भएको हो ।
आरिफले पछिल्लो समय पुलिसलाई विभिन्न प्रतियोगितामा कप्तानी गर्नुका साथै राष्ट्रिय टोलीबाट पनि विश्वकप खेलेका थिए ।