भोजपुर सदरमुकाम स्थित कोदार फुटबल रङ्गशालामा आठौँ भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभा–११ ले जितेको छ । आज भएको फाइनल खेलमा सङ्खुवासभा–११ ले गेरबाबा झापालाई सडेन डेथमा ५–४ गोल गर्दै सखुवासभा–११ विजयी भएको हो ।
विजयी हुने टिम सङ्खुवासभा–११ लाई नगद रु १ लाख ६ हजार, उप विजयी हुने गेरबाबा झापालाई नगद रु ५५ हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरेको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो