Cheese himalayancheesacademy

हेल्प नेपाल नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

१७ पुष २०८२, बिहीबार ०६:०८

काठमाडौँ पुस १७ : बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै टिपटप हेल्प नेपाल नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१३, २५-२३, २५-१८ ले पराजित गरेको हो ।

मूह ए को विजेताका रूपमा क्‍वाटरफाइनल खेलेको हेल्प नेपालले अब नेपाल पुलिस क्लब र कोशी प्रदेशबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । पुलिस र कोशीबीचको खेल आजै दिउँसो हुँदैछ ।

त्यसपछि समूह सी को विजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र समूह ए को उपविजेता एपीएफ क्लब तथा समूह डी को विजेता त्रिभुवन आर्मी क्लब र समूह बी को उपविजेता खिल्जी युवा क्लबबीचको क्‍वाटरफाइनल खेल पनि आजै हुँदैछ ।