Chess himalayanchessacademy

काठमाडौंबाट टेबलटेनिस खेलाडी छनोट

१३ बैशाख २०८३, आईतवार ०१:५७

काठमाडौं : अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि हुने बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौंबाट सहभागी हुने खेलाडीको शनिबार टुंगो लागेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट सिनियरमा ६, क्याडेट यु–१५ मा २ र जुनियर यु–१९ मा २ गरी १० खेलाडी छनोट भएका हुन् । त्यसमा समान ५–५ पुरुष-महिला खेलाडी छन्।

सिनियरको पुरुषमा अमरलाल मल्ल, प्रणव श्रेष्ठ र महेश श्रेष्ठ तथा महिलामा स्वस्ति प्रधान, पूर्णिमा महर्जन र प्रकृति श्रेष्ठ छनोट भए।

क्याडेटको पुरुषमा आर्यन शाही र महिलामा आरोही गुरुङ तथा जुनियरको पुरुषमा प्रिन्स राणा र महिलामा मिचुली महर्जन छानिए । प्रदेश छनोट बैशाख २८ देखि २९ गतेसम्म लैनचौरमै हुनेछ।