रुवाण्डामा भइरहेको आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जित दर्ता गरेको छ। पहिलो जित निकाल्नेक्रममा नेपालले आइतबार इटालीलाई ५० रनले हरायो। योसँगै नेपालले इतिहास रचेको छ।
टी–२० च्यालेन्ज ट्रफीमा नेपालको यो पहिलो जित हो। साथै नेपाली टिम इटालीसँगको पहिलो भेटमै जित निकालेर अर्को इतिहास पनि रच्न सफल भयो। यस खेलमा ११३ रनको लक्ष्य पछ्याएको इटालीलाई नेपालले १८.४ ओभरमा ६२ रनमै अलआउट गर्यो।
आज नेपालका लागि ब्याटिङमा पूजा महतो र बलिङतर्फ रुबिना क्षेत्रीले उत्कृष्ट प्रद’र्शन गरे। पूजाले ४५ बलमा दुई चौका र एक छक्कासहित अविजित ४८ रनको पारी खेलिन्। बलिङमा रुबिनाले २.४ ओभरमा एक मेडनसहित चार रन मात्र दिएर चार विकेट लिइन्।