Cheese himalayancheesacademy

नवौं एनभीए भलिबल च्याम्पियनसिप : एभरेस्ट भलिबल क्लबको सान्त्वना जित

१६ पुष २०८२, बुधबार ०८:३०

काठमाडौँ पुस १६ : एभरेस्ट भलिबल क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ सान्त्वना जित हासिल गरेको छ ।

बुधबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै एभरेस्टले पहिलो जित हासिल गर्दै प्रतियोगिता टुंग्याएको हो ।

एकपक्षीय खेलमा एभरेस्टले चुलीलाई २५-१४, २५-५ र २५-११ ले पराजित गर्‍यो ।

यसअघि त्रिभुवन आर्मी क्लब र न्यु डायमन्डसँग पराजित भएको एभरेस्ट सेमिफाइनलमा भने पुग्न सकेन ।

यस खेलसँगै प्रतियोगिताको महिलातर्फ समूह चरणका खेलहरू सकिएका छन् ।

अब आउने शुक्रबार सेमिफाइनलका दुई खेलहरू हुनेछन् ।

पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् ।

दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन् ।