काठमाडौं, चैत १६ : कर्णाली हाइ अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सोको लालपुर्जा सोमबार हस्तान्तरण गरे ।
पातारासी गाउँपालिका वडा ३, लोठचौरमा रहेको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएको प्रमुख न्यौपानेले जनाएका छन् । जग्गाको क्षेत्रफल ६ हजार १ सय २० वर्ग मिटर रहेको छ ।