Cheese himalayancheesacademy

वैशाख ५ गतेदेखि १४ गतेसम्म चन्द्रगढी महिला गोल्डकप

१६ चैत्र २०८२, सोमबार ०६:१२

झापा  : भद्रपुरस्थित मेची रङ्गशालामा आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म चन्द्रगढी महिला गोल्डकप हुने भएको छ।
चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, सङ्कटा फुटबल र आयोजकको एक टिम रहनेछ। त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने छ। बंगलादेश र जापानका एकएक क्लबको गोल्डकपमा सहभागिताबारे सम्वाद भइरहेको पनि आयोजकले जनाएको छ । नेपाली टिमको हकमा एक टिममा चार जनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीन जना खेलाउन पाइने नियम रहेको क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए। प्रतियोगिताको विजेताले ११ लाख राशिको पुरस्कार प्राप्त गर्नेछन्। तेस्तै प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ।