नेपाल पुलिस क्लब अन्तर्गत महिला तथा पुरुष भलिबल टोलीसँग रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिले सहकार्य सम्झौता गरेको छ ।
रुप्सेले पुलिसको भलिबल टोलीको व्यवस्थापन, तयारी, प्रशिक्षण, ब्रान्डिङ तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाल प्रहरी खेलकुद समिति र रुप्सेविच प्रायोजन सम्झौता भएको हो ।
सम्झौता बमोजिम रुप्से स्पोर्ट्स म्यानेजमेन्टले पुलिस क्लबको भलिबल टोलीलाई ५ वर्षको लागि प्रायोजन उपलब्ध गराउनेछ ।
सम्झौतामा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह र रुप्से स्पोर्टस म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले हस्ताक्षर गरे । यो प्रायोजनले पुलिस क्लबका महिला तथा पुरुष भलिबल टोलीको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास रुप्सेले लिएको छ ।
सम्झौता अनुरुप हाल जारी नवौं एनभिए भलिबल च्याम्पियनसिपमा पुलिस क्लबको महिला तथा पुरुषको मुख्य प्रायोजकको रुपमा रुप्से होलिडेज रहेको छ ।
ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्क्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ ।