Cheese himalayancheesacademy

साफ यु–२० च्याम्पियनसिप : बंगलादेश र नेपाल भिड्ने

१४ चैत्र २०८२, शनिबार १६:३८

काठमाडौं। साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा फेरि बंगलादेश र नेपाल भिड्ने भएका छन्।

गत संस्करण साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पनि यी दुई टोली भिडेका थिए। उक्त खेलमा बंगलादेशले नेपाललाई २–१ ले पराजित गरेको थियो।

बंगलादेशले समूह ‘बी’ को अन्तिम खेलमा साबिक विजेता भारतसँग १–१ को बराबरी खेलेपछि सेमिफाइनल समीकरण पूरा भएको हो।

नेपाल समूह ‘ए’को विजेता हो। नेपाले ३ खेलबाट ७ अंक जोडेको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो।

नेपाल रहेको समूहबाट भुटान पनि ४ अंकसहित सेमिफाइनल पुगिसकेको छ। भुटानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ।

भारतले २ खेलबाट ४ अंक जोड्यो। यद्यपि, गोल संख्यामा बंगलादेश उपविजेता बन्यो। भारतले पाकिस्तानलाई ३–० र बंगलादेशले २–० ले हराएको थियो।