काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा सिरिज २०२६ अन्तर्गत थाईल्याण्डमा हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीको प्रारम्भिक स्क्वाड सार्वजनिक गरेको छ। टोलीमा अनुभवी तथा नयाँ खेलाडीको मिश्रण समेटिएको छ। प्रारम्भिक टोलीमा अनुभवी खेलाडीहरू जस्तै अनिता बस्नेत, बिमला बि.के., गीता राना, रेखा पौडेल ,प्रीति राइ एन्जिला तुम्बम्फो लगायतका खेलाडीहरू समावेश छन् भने नयाँ तथा उदाउँदै गरेका खेलाडीहरूलाई पनि पर्याप्त मौका दिइएको छ। यसले टोलीमा प्रतिस्पर्धा बढाउने र भविष्यका लागि नयाँ विकल्प तयार गर्ने लक्ष्य देखिएको छ। यो पटक अन्तरास्ट्रिय लिग खेल्दै आएकी सावित्र भण्डारी भने उपचार को क्रममा युरोपमा रहेको कारण समाबेश गरिएको छैन। राष्ट्रिय नेपाली महिला फुटवल टिम हाल बन्द प्रशिक्षणमा रहेको छ। प्रारम्भिक टोलीबाट अन्तिम स्क्वाड छनोट गरिने एन्फाले जनाएको छ। मुख्य प्रशिक्षकको रूपमा राजेन्द्र तामाङ ले टोली सम्हालिरहेका छन् अन्तिम टोली भने प्रशिक्षणपछि घोषणा गरिनेछ। उक्त प्रतियोगिता थाइल्याण्डको रत्चाबुरी रंगशालामा आयोजना हुनेछ, जहाँ नेपालले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। यो प्रतियोगिता नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने र आगामी प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण मानिएको छ। प्रतियोगिता अप्रिल ९ देखि १८, सम्म सञ्चालन हुनेछ।