Cheese himalayancheesacademy

साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दै

११ चैत्र २०८२, बुधबार ०६:३५

काठमाडौं : साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल दिउँसो सवा चार बजे मालेमा सुरु हुनेछ।

माल्दिभ्समा सोमबारदेखि सुरू भएको प्रतियोगितामा नेपालले दोस्रो खेलमा खेल्न लागेको हो।  प्रतियोगितामा दुवै टोली अपराजित छन्।

उद्घाटन खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंकाले माल्दिभस्लाई ३–२ गोलले हराएको थियो।

अब नेपालले शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने छ।  समूहको शीर्ष २ मा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ।

समूह बीमा पाकिस्तान, बंगलादेश र भारत रहेका छन्।