Cheese himalayancheesacademy

एन्फा कार्यसमितिको बैठक यसै सात, बैठकअघि नै निर्वाचनको‌ चर्चा!

१६ पुष २०८२, बुधबार ०८:१५

काठमाडौँ पुस १६: अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दैछ।

विविधसहित ३ वटा एजेण्डा छलफल गर्नका लागि एन्फा महासचिव किरण राईले उपाध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई पत्र पठाएका थिए।

कार्यसमितिबाहेक ७ प्रदेशका अध्यक्ष, महिला , रेफ्री, प्रशिक्षक र खेलाडी संघलाई पनि बैठकमा बोलाइएको छ। बैठक दिउँसो १ बजेलाई तय गरिएको छ।

साधारण सभा, आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षकको नियुक्ती सम्बन्ध तथा विविध विषयमा छलफल हुने पत्रमा उल्लेख गरिएको छ।

वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल पूरा नहुँदै अगाडि नै निर्वाचन मिति तय हुन सक्ने आंकलन गरिएको छ। पछिल्लो पटक एन्फाको निर्वाचन २०७९ असार ६ गते भएको थियो। यो कार्यसमितिको कार्यकाल अझै ७ महिना बाँकी छ।

नियमित साधारण सभामै निर्वाचन गराउने प्रस्ताव आउन सक्ने एक केन्द्रीय सदस्यले बताएका छन्।  संस्थापन पक्षले निर्वाचनका विषयमा समान धारणा बनाउनका लागि अहिले छलफल गरिरहेको बताइएको छ।