Cheese himalayancheesacademy

टी–२० अन्तर्राष्ट्रिय अलराउण्डरमा दिपेन्द्रसिंह ऐरी चौंथो स्थानमा यथावत

२८ फाल्गुन २०८२, बिहीबार ०९:४६

काठमाडौं : हालै जारी आई सी सी टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर र्याङ्किङ अनुसार नेपालका अलराउन्डर क्रीकेट खेलाडी दिपेन्द्र शिंह ऐरि चौथो स्थानमा सुरक्षित रहेका छन।  राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय टी–२० अलराउण्डर वरीयतामा चौथो स्थानमा यथावत् रहेका छन्। पछिल्लो अद्यावधिक अनुसार ऐरीले २४४ रेटिङ अंकसहित शीर्ष पाँचमा आफ्नो स्थान सुरक्षित राखेका छन्। टी–२० विश्वकप अगाडि छैटौं स्थानमा रहेका दिपेन्द्र टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि चौथो स्थानमा यथावत रहेका छन् । विश्व वरीयतामा पाकिस्तानका साईम अयुब पहिलो, जिम्बाब्वेका सिकन्दर राजा दोस्रो, र भारतका हार्दिक पाण्डे तेस्रो स्थानमा रहेका छन्। दिपेन्द्र भन्दा पछाडि अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ तथा वेस्ट इन्डिजका रोस्टन चेज क्रमशः पाँचौं र छैटौ स्थानमा रहेका छन् । अलराउन्डरतर्फको वरियतामा शीर्ष ५ मा कुनै पनि परिवर्तन भएको छैन । ऐरीको प्रदर्शनले नेपाललाई विश्व क्रिकेटमा चिनाउने काम गरेको छ। नेपालमा ऐरीलाई हाल सबैभन्दा प्रभावशाली क्रिकेटर मानिन्छ। उनी राष्ट्रिय क्रिकेटमा युवा खेलाडीलाई प्रेरणा दिइरहेका छन्। भर्खरै सम्पन्न टी–२० विश्वकपमा दिपेन्द्रले नेपालका लागि २ अर्धशतकसहित १६९ रन बनाएका थिए । त्यस्तै उनले विश्वकपमा २ विकेट पनि लिएका थिए । नेपाल प्रिमियर लिग पहिलो सस्करणमा सर्बोक्रिस्ट खेलाडी समेत घोसणा भएका थिए। हाल नेपाली क्रिकेट टोली टी–२० अन्तर्राष्ट्रियमा करिब १७ औँ स्थानमा रहँदा, ऐरी जस्ता अलराउण्डर खेलाडीले नेपाललाई प्रतिस्पर्धात्मक बनाउने मुख्य आधार बनेका छन्।