Cheese himalayancheesacademy

शहीद स्मारक एन्फा महिला फुटबल लिग चैत्र ४ देखि

२८ फाल्गुन २०८२, बिहीबार ०९:३८

काठमाडौं : शहीद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगिता चैत्र ४ गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता ललितपुरको च्यासल रंगशालामा आयोजना हुनेछ। न्यु रोड टिम, त्रिभुवन आर्मी एफ सी , बागमती युथ क्लव, नेपाल पुलिस क्लब , राप्ती एफ सी , ए पी एफ, चर्च बोयज युनाईटेड, आर एस पोखरा , झापा एफ सी र संकटा एफ सी १० टोली सहभागी हुने प्रतियोगितामा टिमहरूबीच राउण्ड रोबिन लिग प्रणालीका आधारमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका खेलहरू च्यासल रंगशालामै सञ्चालन गरिने एन्फाले जनाएको छ। पछिल्लो पटक एन्फा महिला लिग सन् २०२४ को सेप्टेम्बरदेखि २०२५ को जनवरीसम्म सञ्चालन भएको थियो। पछिल्लो संस्करण फाइनलमा एपीएफ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एन्फा महिला लिगको उपाधि जितेको थियो । त्यसपछि करिब एक वर्षपछि महिला लिग पुनः आयोजना हुन लागेको हो। महिला फुटबलको प्रमुख घरेलु प्रतियोगिताका रूपमा रहेको यो लिगले नेपाली महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।