काठमाडौं ,फागुन २६: नेपाल फुटबल खेलाडी संघ ले अखिल नेपाल फुटबल संघ एन्फाको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा लगाएको तालाबन्दी खुलाइएको छ।
खेलाडी संघ र एन्फाबीच विभिन्न मागबारे सहमति जुटेपछि तालाबन्दी खोलिएको हो। खेलाडीहरूले आफ्ना मागपत्र ढोग्दै प्रतीकात्मक रूपमा ताला खोलेका छन्।
खेलाडी संघले शहिद स्मारक ए डिभिजन लिग को मिति तोक्नुपर्ने, खेलाडी कल्याण कोषको विवरण सार्वजनिक गर्नुपर्ने तथा विगतदेखि बाँकी तलब, भत्ता र पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग राख्दै आईतवार तालाबन्दी गरेको थियो।
दुवै पक्षबीच वार्ता भएपछि माग सम्बोधन गर्ने सहमति बनेसँगै एन्फा कार्यालयको तालाबन्दी खोलिएको हो।