Chess himalayanchessacademy

पाँच वर्षीय क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

१८ पुष २०८२, शुक्रबार १७:१२

काठमाडौँ पुस १८: भाटभटेनी ग्रुपले क्रिकेटर अर्पित कार्कीलाई १० लाख रुपैयाँको प्रायोजन गरेको छ।

प्रतिभावान् क्रिकेटरको रूपमा अर्पितको खेल यात्रामा सहयोग पुर्याउने उद्देश्यले कार्कीलाई एक वर्षका लागि १० लाख रुपैयाँको प्रायोजन गरिएको हो। भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले यस प्रायोजनले अर्पितको खेल जीवनलाई अझ निखार ल्याउन सहयोग पुग्ने विश्वास लिएको बताए।

दुई वर्षको उमेरदेखि क्रिकेटको सम्पर्कमा पुगेका अर्पितले सानैमा ठुलो सम्भावना देेखाएका छन् ।

उनलाई एनपीएल टिम कर्णाली याक्सले योङ्गेस्ट फेसका रूपमा अनुबन्ध गरेको थियो ।भाटभटेनी ग्रुपले यसअघि युवा टेनिस खेलाडी शिभाली गुरुङलाई पनि प्रायोजन गरेको छ ।