Chess himalayanchessacademy

यू-१९ महिला टोलीको प्रशिक्षणका लागि ६७ खेलाडी

१८ पुष २०८२, शुक्रबार १७:००

काठमाडौँ पुस १८: यहि आउँदो माघमा पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला टोलीको प्रारम्भिक खेलाडी छनोट सूची सार्वजनिक गरिएको छ।

मुख्य प्रशिक्षक सुमन श्रेष्ठले ६७ जना खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा बोलाएका हुन् । खेलाडीहरूलाई आइतबार दिउँसो १ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपस्थित हुन एन्फाले अनुरोध गरेको छ। छनोटपछि अन्तिम टोली घोषणा गरिनेछ, जसले पोखरामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। सुमन श्रेष्ठ केहि दिनअघि मात्र राष्ट्रिय यू–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।